डा केसीलाई सुविधासम्पन्न अस्पतालमा लैजानुपर्छः डडेल्धुरा अस्पताल

२४ कार्तिक २०७६, आईतवार १०:५७

डडेल्धुरा, डडेल्धुरा अस्पतालले अनसनरत डा गोविन्द केसीलाई तत्काल सुविधासम्पन्न अस्पतालमा लैजानुपर्ने बताएको छ । अस्पतालका मेडिकल सुपरीटेन्डेन डा जितेन्द्र कंडेलले डा केसीको स्वास्थ्यमा जुनसुकै गम्भीर समस्या पर्न सक्ने भन्दै सुविधासम्पन्न अस्पतालमा लैजानुपर्ने बताउनु भएको हो ।

‘व्लड प्रेसर घटेको छ, मुटुको चाल बढ्दै गएको छ । यस्तै अन्य समस्या पनि थपिदै गएको छ । यो अवस्थामा डडेल्धुरामा राख्नु सुरक्षित हुँदैन,’ उहाँले भन्नु भयो, ‘कम्तिमा धनगडीसम्म भएपनि लैजानुपर्छ ।’

उहाँले डडेल्धुरा अस्पतालमा मेडिकल उपकरण र जनशक्तिको अभाव भएको बताउनु भयो ।अस्पतालमा आईसियू छैन् । यस्तो अवस्थामा उहाँ जस्तो मान्छेलाई यहाँ राख्नु खतरा हुन्छ । त्यसैले थप सुविधासम्पन्न अस्पतालमा लैजानुपर्छ ,’ उहाँले भन्नु भयो ।