ट्रकको ठक्करबाट १ जनाको मृत्यु

८ मंसिर २०७६, आईतवार १०:२६

चितवन , आज बिहान भरतपुर महानगरपालिका २९ दासढुङ्गामा ट्रकको ठक्करबाट एक जनाको मृुत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृुत्यु हुनेमा नाम, थर र ठेगाना नखुलेका अन्दाजी ४५ वर्षीय पुरुष रहेको छ ।

मुग्लिनबाट हेटौँडातर्फ जान आउँदै गरेको ना६ख १८९६ नंको ट्रकले ती पुरुषलाई ठक्कर दिएको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले बताउनु भएको छ । पुरुषलाई ठक्कर दिने ट्रक र चालक प्रहरी नियन्त्रणमा रहेको छ । ठक्करबाट उनको उपचारका क्रममा भरतपुर अस्पतालमा बिहान ६ः२५ बजे मृुत्यु भएको हो ।