टाइट जीन्स लगाउने युवतीहरू मा बाझोपनको खतरा

५ मंसिर २०७६, बिहीबार १५:३९

एजेन्सी , आधुनिक जीवनशैली अपनाएर स्टाइलिश देखिने चक्करमा युवतीहरू नयाँ फेशन ट्रेन्ड अपनाइरहेका हुन्छन् । आजकल टाइट जीन्स लगाउने फेशन खुबै चलेको छ । आफ्नो फिगर राम्रो देखिन्छ अनि फेशनेबल भइन्छ भनी टाइट जीन्स लगाउने महिलाहरूले स्वास्थ्यलाई हानि गरिरहेका हुन्छन् । पर्फेक्ट फिगरको चक्करमा क्यान्सर र हृदयघात जस्ता गम्भीर रोग निम्तिरहेका हुन्छन् ।

टाइट जीन्स लगाउँदा गर्भाशय साँघुरिन्छ र बाँझो हुने खतरा बढ्छ । यस्तो जीन्सले पेटलाई निकै थिच्छ र पछि गएर समस्या आउँछ । युटेरसमा संक्रमण हुन्छ र समयमै उपचार नपाइएमा ट्युबमा स्थायी ब्लकेज आउँछ र पछि गएर आमा बन्न समस्या हुन्छ ।टाइट जीन्स लगाउँदा महिला र पुरुष दुवैमा कम्मर र पिठ्युँसम्बन्धी समस्या पनि निम्तिन्छ ।

यसले गर्दा मांसपेशीमा जोड पर्छ र नितम्ब स्वतन्त्र रूपमा हल्लिन पाउँदैनन् । अनि मेरुदण्डको हाडमा पीडा हुन थाल्छ । यसैले गर्दा महिलाहरूमा स्लिप डिस्कको पनि समस्या आउँछ । टाइट जीन्सका कारण गोडाका नसामा भएका भल्भ कमजोर हुन्छन् अनि नसा फैलिन थाल्छन् जसबाट गाँठो बन्छ । अनि गोडा बाउँडिने समस्या पनि बढ्छ ।यसले मुटुरोग पनि निम्त्याउँछ । रक्तसञ्चार रोकिने भएकाले मुटुसम्म सही मात्रामा रगत पुग्दैन । अनि मुटुरोगका साथै हृदयघातको सम्भावना बढ्छ । स्वास्थ्य अनुसन्धानकर्ताहरूले यस्तो जीन्स लगाउँदा छालाको क्यान्सरको जोखिम निकै बढ्ने बताएका छन् । लामो समयसम्म टाइट जीन्स लगाउँदा पुरुष र महिला दुवैका गोडाका नसामा रगत जम्छ र रक्तसञ्चारको गति पनि घट्छ । सबाल पोष्ट बाट साभार।