‘जीवन काँडा कि फूल’ चलचित्र यही कात्तिक २२ गतेदेखि देशभर प्रदर्शन हुँदै

१९ कार्तिक २०७६, मंगलवार १७:४०

काठमाण्डौ , साहित्यकार झमककुमारी घिमिरेको कृति ‘जीवन काँडा कि फूल’ मा आधारित चलचित्र यही कात्तिक २२ गतेदेखि देशभर प्रदर्शन हुँदैछ ।

घिमिरेको कृतिमा आधारित रही चलचित्रमा निर्देशक विनोद विष्टले घिमिरेको जन्मदेखि मदन पुरस्कार प्राप्त गरेको समयसम्मलाई समेट्नुभएको छ ।

विष्ट ब्रदर फिल्म प्रालिको ब्यानरमा निर्माण गरिएको चलचित्रमा मुक्ति उपाध्याय बरालको पटकथा संवाद तथा घिमिरे र प्रकाश सिवाकोटीका गीत छन् । जसमा जुनु गौतमको स्वर छ । गौतम चलचित्रको सहनिर्मातासमेत हुनुहुन्छ । चलचित्रको प्रिमियर शो अष्ट्रियाको भियनामा गरिसकिएको छ ।