चोरी गरेर भाग्दाभाग्दै पक्राउ

६ मंसिर २०७६, शुक्रबार १२:१२

विराटनगर , मोरङको सुन्दरहरैंचा नगरपालिका ९ बुधबारेबाट चोरी गरेर भाग्दै गर्दा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। स्थानीय राजकुमार बोहोराको घरमा कोही नभएको अवस्थामा ढोका फुटाएर चोरी गरी भाग्दै गर्दा बिहीबार साँझ काठमाडौं नैकापका २६ वर्षीय आशिष मगर पक्राउ परेका हुन् ।

मगरले चोरी गरेको एउटा ल्यापटप, पेन ड्राइभ, किराना सामानसहित नगद चार हजार पाँच सय रुपैयाँ प्रहरीले बरामद गरेको छ । पक्राउ परेका मगरविरुद्ध चोरी मुद्दा चलाउन शुक्रबार म्याद थप गरेर अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ।