चितवन मेडिकल कलेजमा विद्यार्थीले लगाए ताला

२५ कार्तिक २०७६, सोमबार १२:३५

काठमाडौं , चितवन मेडिकल कलेजले चिकित्सा शिक्षा संघर्ष समितिको अगुवाइमा उठाएको गैरकानुनी शुल्क फिर्ता नगरेको बिरोध गर्दै चितवन मेडिकल कलेजमा विद्यार्थीले आइतबार तालाबन्दी गरेका छन,।

उनीहरुले मेडिकल कलेजको शैक्षिक भवनमा अनिश्चितकालीन तालाबन्दी गरेका हुन् सरकारले तोकेको शुल्कविपरीत उक्त मेडिकल कलेजले पाँच लाखभन्दी बढी रकम उठाएको विद्यार्थीको गुनासो रहेको छ।

विद्यार्थीहरुबाट उठाइएको बढी शुल्क फिर्ता गर्न सरकारले अनुरोध गरे पनि मेडिकल कलेजले नगरेपछि विद्यार्थी आन्दोलनमा उत्रीएका हुन्। विद्यार्थीले आन्दोलन थालेपछि मेडिकल कलेजहरूको पठन पाठनमा अवरोध भएको छ ।

‘बढी लिएको शुल्क फिर्ताका लागि आन्दोलन तथा प्रशासनमा धेरै पटक अनुरोध गरे पनि शुल्क फिर्ता नभएपछि दबाबस्वरुप तालाबन्दी गर्नुपरेको हो,’ संघर्ष समितिका संयोजक प्रकाश चन्दले भने, ‘शुल्क फिर्ता नभएसम्म ताला नखोल्ने बतानुभयो ।