चर्चित गायिका बिष्णु माझी र गायक मोहन खड्काको आवाजमा रहेको गीतको भिडियो सार्वजनिक

२१ कार्तिक २०७६, बिहीबार १८:२१

काठमाडौँ , सर्जक सुजन लम्सालको नयाँ लोकदोहोरी गीत ‘सुन्तला गुलियो’ बजारमा आएको छ । चर्चित गायिका बिष्णु माझी र गायक मोहन खड्काको आवाजमा रहेको उक्त गीतको भिडियो युट्युबमा सार्वजनिक भएको छ ।

सर्जक लम्सालकै शब्द रचना र संगीत रहेको गीत मारुनी स्टुडियोमा गरिएको थियो । सोही भिडियोमा काजिश श्रेष्ठले निर्देशन गरेका छन् भने राजेश घिमिरेको छायांकन तथा बिकाश ज्ञवालीले सम्पादन गरेका छन् ।

त्यसै गरी उक्त भिडियोमा मोडल बिमल अधिकारी, जनिता खत्री र सापकोटाको अभिनय रहेको छ । गीतको भिडियो भावना म्युजिक सोलुशनको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।