घिउ खान डराउनुपर्दैनः डा प्रकाशराज रेग्मी (मुटुरोग विशेषज्ञ)

२ मंसिर २०७६, सोमबार १०:०६

भातमा घिउ मुछेर खान धेरैले मीठो मान्छन् तर रोग लाग्ला कि भनी डराई–डराई खान्छन् । किनभने घिउले शरीरमा चिल्लो, बोसो र कोलेस्टेरोल बढाउँछ अनि यसबाट विभिन्न प्रकारका रोग लाग्छन् भन्ने डर मानिसको मनमा पसेको छ । कोही रोगी रहेछ भने उसको त्यो रोग बढेर हृदयघात, मस्तिष्कघात जस्ता खतरनाक स्थिति उत्पन्न हुन्छ भन्ने डर पसेको हुन्छ । वास्तवमा स्वस्थ मानिसले मात्र होइन उच्च रक्तचाप, मधु’मेह, मुटु’रोगी, मिर्गौला रोगी आदिले समेत विचार पुर्रयाएर खाने हो भने घिउ खान कति पनि डराउनुपर्दैन ।

घिउ चिल्लो पदार्थ हो, जसमा भिटामिन ‘ए’ र ‘ई’ प्रशस्त मात्रामा पाइन्छ । यसमा एन्टि’अक्सिडेन्टहरू र अन्य पौष्टिक तत्वहरू धेरै पाइन्छ । यो स्याचुरेटेड फ्याट हो । यसबाट शरीरमा प्रशस्त मात्रामा असल र खराब दुवै प्रकारका कोलेस्टेरोलको निर्माण हुन्छ । स्याचुरेटेड फ्याटले मुटुरोग बढाउँछ, हृदयघात गराउँछ भन्ने सोचाइ आज पनि व्याप्त छ । यसकारण मानिसमा घिउ खान डर छ । तर आज धेरै ठूला–ठूला अनुसन्धानहरूले यो ड’रलाई मेटाइदिएका छन् । विचार पुर्रयाएर घिउ खाँदा फाइदा मात्र छ, बेफाइदा छैन ।

विचार पुर्रयाएर घिउ खाने भनेको के हो रु यसबारे छोटो चर्चा गर्न चाहन्छु । यी अध्ययन, अनुसन्धान र मेरा व्यक्तिगत अनुभवबाट प्राप्त तथ्यहरू हुन् ।

१ घिउलाई धुवाँ उड्ने विन्दुसम्म ततायो भने यसमा भएका पौष्टिक तत्वहरू नष्ट हुन्छन् र यसले बेफाइदा गर्न सक्छ । घिउ खाँदा धेरै तताएको घिउ खानुहुँदैन । घिउ नतताईकन अथवा थोरै मात्र तताएर भात वा अन्य खानामा मिसाएर खाँदा स्वादिलो पनि हुन्छ, फाइदा पनि गर्छ । थोरै घिउले खाना पचाउनसमेत मद्दत पुर्रयाउँछ ।

२ मानिसले चिल्लो पदार्थ सकेसम्म कम खानुपर्छ भन्ने धारणा गलत छ । शरीरलाई चिल्लो चाहिन्छ । चिल्लो कम भयो भने दिमाग, नसा, कलेजो, छाला आदिलाई अप्ठेरो पर्न सक्छ, रोग लाग्न सक्छ । खानाबाट शरीरले प्राप्त गर्ने सम्पूर्ण क्यालोरी ९इनर्जी० को एक तिहाइ चिल्लोबाट प्राप्त हुन्छ । यो चिल्लो स्याचुरेटेड वा अनस्याचुरेटेड (घिउ वा तेल) जुनसुकै प्रकारको भए पनि फरक पर्दैन । कुरा चिल्लो पदार्थको मात्राको हो, प्रकारको होइन ।

यो विल्कुलै नयाँ सोचाइ हो । घिउको चिल्लोले बेफाइदा गर्ने अनि तेलको चिल्लोले फाइदा गर्ने भन्ने कुरा गलत छ । तोरीको तेलले मुटु बलियो बनाउँछ, सूर्यमुखी तेलले स्वास्थ्यलाई फाइदा गर्छ भन्ने कुरा तथ्यहीन प्रचारबाजी मात्र हो । यो तेलको व्यापार बढाउन गरिएको विज्ञापन मात्र हो । १ देखि २ चम्चाम्म शुद्ध घिउ दिनदिनै खाँदा कुनै बेफाइदा छैन । उच्च रक्तचाप, मधु’मेह र मुटु’रोगीले समेत कम मात्रामा घिउको स्वादको मज्जा लिन सक्छन् ।

३ विचार पुर्रयाउनुपर्ने कुरा यो छ कि घिउ धेरै खानुहुँदैन । घिउ नपच्ने समस्या भएकाहरूले खानुहुँदैन । थोरै घिउ खाँदा पनि धेरै कोलेस्टेरोल बढ्ने वंशाणुगत खतरा (खराब जेनेटिक्स) भएकाहरूले खानुहुँदैन । धुवाँ उड्ने गरी तताएर खानुहुँदैन । मोटोपन भएकाहरूले क्यालोरीको हिसाब गरेर खानुपर्छ । घिउ खाँदा हरियो सागपात पनि खाँदा राम्रो हुन्छ । शारीरिक सक्रियता बढाउन सके घिउको स्वादको मज्जा आनन्दपूर्वक लिन सकिन्छ ।

सम्बन्धित सबैलाई मेरो अनुरोध छ, गाई वा भैंसीको शुद्ध घिउ उत्तम पौष्टिक पदार्थ हो । आयुर्वेदमा शुद्ध घिउमा मिसाएर धेरै औषधिसमेत बनाइन्छ । घिउमा मिसावट गरी यसको शुद्धतालाई बिगार्ने काम नगरौं । शुद्ध घिउ थोरै मात्रामा नियमित खाँदा सबैलाई फाइदा छ। साधाना