क्रिश ४मा सुपरवुमनको भूमिका निभाउने भइन तापसीले

९ मंसिर २०७६, सोमबार १४:५३

एजेन्सी , तापसी पन्नु बलिउडकी चर्चित अभिनेत्री हुन्। दक्षिण भारतीय फिल्मबाट आफ्नो करियरको सुरु गरेकी तापसीले बलिउडमा आफ्नो छुट्टै पहिचान बनाइसकेकी छिन् । उनको हरेक फिल्ममा उनको अभिनयको प्रशंसा गरिएको हुन्छ । हरेक फिल्ममा फरक भुमिकामा देखिदै आएकी तापसी अब भने फेरि अर्को फरक भूमिका देखिदैछिन् ।

अब उनी सुपरवुमनको भूमिका निभाउने तयारीमा लागेकी छिन् । भारतिय मिडियाका अनुसार एक अन्तवार्तामा अभिनेत्री तापसीसँग एक्सन स्टार ऋतिक रोशनको फिल्म क्रिश ४ मा सुपरवुमनको भूमिका निभाउने बारे सोधिएको थियो । उनले सुपरवुमनको भूमिका निभाउने आफ्नो इच्छा रहेको बताएकी थिइन् ।