‘कालापानी हाम्रै हो’ सार्वजनिक ( भिडियो सहित)

९ मंसिर २०७६, सोमबार १३:५३

काठमाडौं , गायक रामकुमार कार्कीले देशभक्ति गीत ‘कालापानी हाम्रै हो’ सार्वजनिक गरेका छन् । गीतमा उनलाई गायक राजेन्द्रकुमार कार्की, रामकुमार पौडेल, कमला खड्का, पूजा विश्वकर्माले आवाजमा साथ दिएका छन् । राजेन्द्रकुमार कार्कीको शब्द र रामकुमार पौडेलको लय रहेको गीतको एरेन्जर राकेश सोनी र मिक्सिङमा विक्रम मगरले साथ दिएका छन् ।

सरोज घिमिरेले छायांकन गरेको गीत मञ्जरी रेकर्डिङ स्टुडियो रेकर्ड गरिएको हो । गीतमा सौरभ कार्की र विनोद कार्कीको अभिनय छ । रामचन्द्र बोहराको निर्देशनमा बनेको गीतलाई विनोद बमले सम्पादन गरेका छन् । गीतमा भारतले नेपालको मिचिएको सीमाबारे, देशप्रतिको माया, पूर्खाप्रति सम्मानलाई समेटिएको छ ।