करेन्ट लागेर एक जनाको मृत्यु

२४ कार्तिक २०७६, आईतवार ११:११

कावासोती , नवलपरासी गैँडाकोट नगरपालिकामा करेन्ट लागेर मध्यविन्दु नगरपालिका–६मा बस्ने२४ वर्षीय मतिराम महतो थारूको मृत्युभएको छ । शनिबार गैँडाकोट नगरपालिका–१०, नमूना चोकस्थित भित्री सडकखण्डमा पराल बोकेको ट्रकमाथि बस्नुभएका मतिरामलाई करेन्ट लागेको हो ।

पराल बोकेको ना२ख ९०७८ नंको ट्रकमाथि बस्नुभएको मतिरामलाई बिजुलीको तारले छुन गई करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाइते हुनुभएका मतिरामलाई उपचारका लागि अस्पतालतर्फ लैजाँदै गर्दा बाटोमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायब उपरीक्षक अर्जुन रानाभाटले जानकारी दिए ।