करेन्ट लागेर एकको मृत्यु

२२ कार्तिक २०७६, शुक्रबार ११:३१

झापा , झापाको अर्जुनधारा नगरपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

मृत्युहुनेमा अर्जुनधारा–३ कैजेरेका ५६ वर्षीय खम्बबहादुर सेन्चुरी रहेको छ । आफ्नै घरको विद्युत्को तार सर्ट हुँदा बनाउने क्रममा बिहीबार दिउँसो करेन्ट लागेर गम्भीर घाइते भएका सेन्चुरीलाई उपचारका लागि अर्जुनधारास्थित शंकर अस्पताल लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको बताइएको छ ।