कञ्चनपुरमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किदा दुई युवकको ज्यान गयो

१ मंसिर २०७६, आईतवार ११:०४

कञ्चनपुर , शनिबार राति कृष्णपुर नगरपालिका २ वाणीमा सडकछेउ रोकिराखेको ना३ख १४२४ नम्बरको ट्रकमा मोटरसाइकल ठोक्किँदा दुई युवकको ज्यान गएको छ । ज्यान जानेमा मोटरसाइकलमा सवार कृष्णपुर नगरपालिका ३ देखतभूलीका २४ वर्षीय दिनेश राना र २० वर्षीय सुनिल राना छन् । सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका क्रममा उनीहरूको ज्यान गएको हो ।