एक नवजात शिशुको औंला काटिदिएपछि मृत्यु

२६ कार्तिक २०७६, मंगलवार १६:१३

एजेन्सी , भारतको उत्तर प्रदेशस्थित सरकारी अस्पतालामा नर्सले एक नवजात शिशुको औंला काटिदिइन् जसले गर्दा बालकको मृत्यु भएको छ ।

६ – ६ वटा औंला भएको शिशुको एक – एकवटा औंला काटिदिए लगतै बालकको स्थिती विग्रन थाल्यो । सरकारी अस्पतालमा जन्मिएका ती बालकको मृत्यृ भएपछि बालकका पिताले स्वास्थ्यकर्मी विद्या देवीविरुद्ध मुद्दा दर्ता गरेका छन् ।

भारतीय मिडियामा प्रकाशित भए अनुसार शनिबार राती लक्ष्मी नामकी महिलालाई प्रसव पीडा भएपछि सामुदायिक स्वास्थ्य केन्द्र सीएचसी मा भर्ना गरिएको थियो । आइतबार बिहान लक्ष्मीले छोरा जन्माएकी थिइन ।

लक्ष्मीका श्रीमानले महिला स्वास्थ्यकर्मी विद्याले बालकको औंला काटिदिएपछि मृत्यु भएको आरोप लगाएका छन् ।

पुलिस अधिकारी आलोक प्रियदर्शीले महिला स्वास्थ्यकर्मी्विरुद्ध मुद्दा दर्ता गरेर थप अनुसन्धान भइरहेको जानकारी दिएका छन् । यसका साथै डाक्टर एसके रावतले बालकको औंला काट्नका लागि परिवारको सहमती लिए नलिएको भन्दै अनुसन्धान गरेको बताए ।