उदयपुरमा माछा पार्ने क्रममा करेन्ट लागेर १ जनाको मृत्यु

१ मंसिर २०७६, आईतवार १३:१५

उदयपुर , उदयपुरको कटारी नगरपालिका–५ लालपुरमा खोलामा माछा पार्ने क्रममा करेन्ट लागेर एक जना बालकको मृत्यु भएको छ ।

स्थानीय मुखिया खोलामा साथीहरुसँग मिलेर करेन्टर लगाएर माछा मार्ने क्रममा एक्कासी करेन्ट लागेर स्थानीय खड्गबहादुर कटुवालको ११ वर्षीय छोरा कृष्ण कटुवालको मृत्यु भएको ईलाका प्रहरी कार्यालय कटारीका प्रहरी नायब उपरिक्षक डिएसपी सागर केसीले जानकारी दिए ।

करेन्ट लागेर घाइते भएका कटुवालको उपचारका लागि कटारी अस्पताल ल्याई उपचारको क्रममा आइतबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक बालक सोमबहादुर खत्रिको छोरा १५ वर्षीय सुरेश खत्री र दिर्घबहादुर श्रेष्ठको छोरा १४ वर्षीय आशिष श्रेष्ठसँग खोलामा माछा मार्न गएको थियो । अहिले खत्रि र श्रेष्ठ ईलाका प्रहरी कार्यालय कटारीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।