इलाममा बस दुर्घटना हुँदा दुई जना गम्भिर घाइते

१३ मंसिर २०७६, शुक्रबार १२:४५

इलाम , माङ्सेबुङ गाउँपालिकामा बस दुर्घटना हुँदा २ जना घाइते भएका छन् । गाउँपालिका (३ स्थित चतुरे नजिकै बस दुर्घटना भएको हो ।
शुक्रबार बिहान पाँचथरको रविबाट झापाको दमकतर्फ जाँदै गरेको ना २ ख ६५८८ नम्बरको बस दुर्घटना भएको हो ।दुर्घटनामा परी २ जना महिला घाइते भएको माङसेबुङ गाउँकार्यपालिकाकी सदस्य सगीता राईले जानकारी दिनुभयो ।
घाइतेको हात हात भाँचिएको र टाउको फुटेको राईको भनाई छ । अन्य घाइतेहरुको भने पहिचान खुल्नसकेको छैन । घाइतेलाई उपचारका लागि दमकतर्फ लगिएको छ