आज अन्तराष्ट्रिय बाल अधिकार दिवस मनाइँदै

४ मंसिर २०७६, बुधबार १०:४१

काठमाडौं , विश्वभर आज अन्तराष्ट्रिय बाल अधिकार दिवस मनाइँदैछ । सन् १९८९ नोभेम्बर २० मा संयुक्त राष्ट्रसंघले बाल अधिकार सम्बन्धी महासन्धि पारित गरेपछि हरेक बर्ष नोभेम्बर २० का दिन अन्तराष्ट्रिय बाल अधिकार दिवस मनाउने गरिन्छ ।
यस अवसरमा महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयसहित बाल अधिकारको क्षेत्रमा क्रियाशिल देशभरका सामाजिक संघसंस्थाहरुले विभिन्न कार्यक्रम गर्दै यो दिवस मनाउदै छन ।