आगलागी, हुँदा उदयपुरमा एक बालकको ज्यान गयो

६ मंसिर २०७६, शुक्रबार १०:४९

उदयपुर , आगलागी हुँदा एक बालकको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार बिहिबार उदयपुरको त्रियुगा नगरपालिका–१६ जाल्पा चिलाउने आहाले रातापानीमा आगलागी हुँदा ४ वर्षीय बालक शिसिर राईको ज्यान गएको छ।
उक्त आगलागीमा चन्द्र बहादुर राई र बमबहादुर राईको घर पुर्णरुपमा जलेर नष्ट भएको छ। प्रहरीका अनुसार घरमा कोहीपनि नभएको बेलामा आगलागी भएकोले घरमा भएको सम्पुर्ण लत्ता कपडाको साथै अन्न जलेर खरानी भएको हो।