अर्घाखाँचीको नरपानीमा बस दुर्घटनामा परि मृत्यू भएका १९ जनाको सनाखद

१२ मंसिर २०७६, बिहीबार १८:०५

अर्घाखाँची , हिजो अर्घाखाँचीको नरपानीमा बस दुर्घटनामा परि मृत्यू भएका १९ जनाको सनाखद भएको छ । मृतक सवैको सनाखत भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जानकारी दिएको छ ।

सनाखत भएका ११ जनाको शव पोष्टमार्टमपछि आफन्तले बुझिसकेका छन् भने ८ जनाको शव बुझाउन बाँकी रहेको प्रहरीले जनाएको छ ।दुर्घटनामा १० जना घाइते मध्ये ६ जनाको अवस्था गम्भीर छ ।

लु २ ख २१४८ बस सन्धिखर्कबाट बुटवल आउदै गर्दा नरपानी बजार नजिकै कालाखोलामा हिजो अपरान्ह करिब ४ बजेतिर दुर्घटनाग्रस्त भएको थियो ।