अमेरिकामा सुई लगाएर दिइयो मृत्युदण्ड

२० कार्तिक २०७६, बुधबार १०:२८

काठमाडौं, अमेरिकी राज्य साउथ डकोटामा सोमबार एक व्यक्तिलाई घातक सुई लगाएर मृत्युदण्ड दिइएको छ ।

अमेरिकी सर्वोच्च अदालतले ६३ वर्षीय चार्ल्स राइन्सको अन्तिम अपिल खारेज गरेसँगै उनलाई मृत्युदण्ड दिइएको साउथ डकोटाका जेल अधिकारीले बताएका छन् ।

राइन्सले सन् १९९३ मा एउटा पसलमा कार्यरत एक मजदुरको हत्या गरेको पुष्टि भएको थियो । उनी उक्त पसलमा लुटपाटका लागि प्रवेश गरेका थिए । राइन्सका वकिलले भने समलिंगी भएकै कारण राइन्सलाई मृत्युदण्ड दिइएको दाबी गर्दै आएका थिए ।

साउथ डकोटाका महान्यायाधिवक्ताले अदालतसमक्ष राइन्सले दिएको बयानका आधारमा मृत्युदण्ड दिइएको बताउँदै यौनविभेदका आधारमा अदालतले आदेश नदिएको जिकिर गरे आजको अन्नपूर्ण पोष्टमा छ ।