अक्षय कुमारले बनाउन लागेको फिल्ममा अनुष्का सेट्टी

१ मंसिर २०७६, आईतवार १५:५३

एजेन्सी , बलिउड अभिनेता अक्षय कुमार पछिल्लो समय धेरै नै चर्चामा छन् । अहिले उनको फिल्म हाउसफुल ४ ले बक्सअफिसमा धमाका मच्चाइरहेको छ । अहिले हाउसफुल ४ ले गरेको धमाकेदार ब्यापारले अक्षय कुमारको चर्चा बढेको छ । यसैक्रममा अभिनेता अक्षयले फेरि अर्को फिल्म ल्याउने तयारीमा जुटेका छन् ।

भारतिय मिडियाका अनुसार अभिनेता अक्षयले तेलुगु हिट फिल्मको रिमेक बनाउँने भएका छन् । आफैले निर्माण गर्न लागेको उक्त फिल्ममा अभिनेत्री अनुष्का सेट्टीको पनि भूमिका रहने बताइएको छ । उक्त फिल्मको लागी भूमि पेडनेकर र आर माधवन पनि फाइनल भइसकेका छन् । यस फिल्मलाई अशोकले निर्देशन गर्ने बताइएको छ । फिल्म बाहुबलीबाट चर्चामा आएकी अनुष्का सेट्टी पनि अहिले निकै चर्चामा छिन् ।