हत्या आरोपमा श्रीमति र छोरा पक्राउ

२२ आश्विन २०७६, बुधबार १४:२४

राजविराज , सप्तरीको महादेवा गाउँपालिका १ पकरीका २३ वर्षीय नइम पमरिया र उनकी आमा ५० वर्षीया जमुनी खातुन मंगलबार पक्राउ परेका छन् ।

ज्येष्ठ नागरिक ६२ वर्षीय मो। गफुर पमरियाको हत्या आरोपमा उनका श्रीमति जमुनी र छोरा नइमलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक तिलक भारतीले जानकारी दिनु भयो ।

कुटपिटबाट गम्भीर घाइते भएका गफुरलाई राजविराजस्थित अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको थियो ।

मृतकका भाई मो। इसराइल पमरियाले सोमबार जिल्ला प्रहरी कार्यालयमा घटनाबारे उजुरी दिएका थिए । हत्या आरोपितहरुलाई पक्राउ गरी थप अनुसन्धान कार्य सुरु गरिएको र कर्तव्य ज्यान अन्तर्गत कारवाही प्रकृया अगाडि बढने प्रहरी नायव उपरीक्षक भारतीले बताउनु भयो ।