सिन्धुलीमा मिनी बस दुर्घटना हुँदा तीनको मृत्यु , २५ जना घाइते

१८ आश्विन २०७६, शनिबार १८:२९

काठमाडौं , काठमाडौंबाट सिरहातर्फ जाँदै गरेको मिनी बस सिन्धुलीस्थित नेपालथोकमा दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने २५जना घाइते भएका छन ।

बा ३ ख २३५९ नम्बरको मिनी बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । दुर्घटनामा परि मृत्यु हुनेमा सिरहा इनरुवा ८ का ३५ वर्षीय रामअवतार पण्डित, सप्तरी राजविराज ७ की लक्ष्मी देव र ठेगाना नखुलेका अन्दाजी ४० वर्षीय दलबहादुर श्रेष्ठ रहेका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले जानकारी दिनु भयो ।

घाइतेलाई उपचारका लागि धुलिखेल पठाइएको छ । बसमा २८ जना सवार थिए ।