सांसद पार्वत गुरुङलाई पक्राउ पूर्जी

२९ आश्विन २०७६, बुधबार १८:२५

दोलखा, सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद पार्वत गुरुङलाई पक्राउ पूर्जी जारी भएको छ। सांसद गुरुङलाई ज्यान मार्ने मुद्दामा जिल्ला अदालत काठमाडौंको आदेशमा प्रहरीले पक्राउ पूर्जीको म्याद तामेल गरेको हो।

वीरध्वज खड्काले गुरुङविरुद्ध जाहेरी दिएका थिए। स्थानीय निर्वाचनको बेला खड्का माथी आक्रमण भएको थियो।