संविधान संशोधन गर्नुपर्छः महेन्द्र राय यादव

५ कार्तिक २०७६, मंगलवार १७:३६

काठमाडौं, राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य तथा सांसद महेन्द्र राय यादवले आफूहरुले सुरुदेखि नै उठाउँदै आएको मुद्दा संविधान संशोधनप्रति सबै दल जिम्मेवारी बन्नुपर्ने बिचार ब्यक्त गर्नु भयो । उहाँले भन्नु भयो,‘संविधान संशोधन गर्नुपर्छ । राज्यको पूनसंरचना हुँदा तीन तहको सरकार बनेको छ । तीन तहको चुनाव भएको छ। यो उपलब्धिलाई रक्षा गर्न कानून, व्यवस्था र जनशिक्तको अभाव रहन्छ । संघीयतामाथि जसरी प्रहार भैरहेको छ, गणतन्त्रमाथि भएको प्रहार हो । यो हाम्रो लागि चिन्ताको विषय हो । राजपा भएको उपलव्धिलाई रक्षा गर्नुपर्छ भन्ने पक्षमा छ ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले नै सर्वदलीय बैठकमा गणतन्त्रमाथि खतरा छ भनेको पनि उहाँले उल्लेख गर्नु भयो । उहाँले भन्नु भयो ,‘उहाँले बोलाउनुभएको सर्वदलीय बैठकमा यस्तो कुरा गर्नुभयो । यो चिन्ताजनक कुरा हो । सबै दल मिलेर उपलबिध रक्षा गर्नुपर्छ र संविधान संशोधनको मुद्दा सबैले स्विकार गरेको विषय हो । राजनीतकि मुद्दाको सम्बोधन हुनुपर्छ । शान्ति र समृद्धिको लागि पनि यसले राम्रै गर्छ । द्धन्द्धको अवेशष रहँदा संविधान कार्यान्यवनमा समस्या हुन्छ । यो संविधानलाई लामो समयसम्म लैजानकोलागि हामीले उठाएका मुद्दालाई समबोधन गर्नुपर्छ । सहमतिको संविधान बनाउनुर्छ भनेर हामीले जारी गर्ने बेलामा नै भनेको थियौं । सरकारले विगतका सहमति र सम्झौता तोड्ने काम गरेको छ ।’

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उहाँले मुलुकमा धेरै लामो द्धन्द्ध भएकोले अब पनि द्वन्द्व मुलुकले खेप्न नसक्ने बताउनु भयो । उहाँले भन्नु भयो ,‘देशले सुशासन र शान्ति खोजेको हो । अहिले दुई तिहाईको सरकार छ, तर यसले राजनीतिक स्थिरता दिन सकेको छैन् । सुशासन हुन सकेको छैन् । देश आजपनि वेदना र पीडाबाट छट्पटाईरहेको छ । यो सरकार असफलतातर्फ छ । सरकारको कामबाट जनता असन्तुष्ट छन् । वर्तमान सरकार आफैं द्वन्द्वमा फसेको छ । आफैंभित्रको नेतृत्वको लुछाचुँडीले गर्नुपर्ने काम भएका छैनन् । नेपाल देशको सार्वभौमको रक्षा गर्न सबै मिलेर अघि बढ्नुपर्छ ।’

पछिल्लो समय मुलुकमा अनुशासनको कमी भएको र जनताले कानूनी राज्यको अनुभुति गर्न नसकेको पनि यादवको टिप्पणी छ । उहाँले भन्नु भयो ,‘यसको मुख्य कारण नै हाम्रो निर्वाचन प्रणाली नै विकृति हो । यो निर्वाचन प्रणाली नै भ्रष्टाचार र अनियमितताको जरो हो । पूर्ण समानुपातिक निर्वाचन प्रणालीतर्फ जानुपर्छ । चुनाव धेरै खर्चिलो भएको छ । सुधार गर्नुपर्छ ।’ उहाँले मुलुक रेमिट्यान्सबाट चलिरहेको बताउनु भयो ।

उहाँले भन्नु भयो ,‘हाम्रो देश आयातमुखी छ । आत्मनिर्भर बनाउनको लागि सरकारसँग ठोस योजना छैन् । देशलाई कृषिमा आधनुनिकरण र व्यवसायीकरण गर्नुपर्छ । सरकारले यसतर्फ ध्यान दिएको छैन् । हिजो र आज पनि कृषिमा बजेट उतिकै छ । सरकार असफल भएको छ । सरकार र प्रतिपक्षीबीच समन्वय गर्नुपर्छ ।’