विमानस्थलमा तोडफोड गर्ने राजपाका सांसद साह पक्राउ

२८ आश्विन २०७६, मंगलवार १४:०५

काठमाडौं , जनकपुरस्थित विमानस्थलमा तोडफोड गर्ने राष्ट्रिय जनता पार्टी (राजपा)का सांसद प्रमोद कुमार साह पक्राउ परेका छन्। काठमाडौंस्थित त्रिभुवन विमानस्थलबाट सांसद साहलाई मंगलबार पक्राउ गरिएको हो ।
सांसद साहले सोमबार विमान डिले (ढिलो) भएको भन्दै जनकपुरस्थित बुद्ध एयरको काउण्टर तोडफोड गरेका थिए। साह सर्लाही १ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद हुन् ।