विद्यालयको बार्दली खस्दा ४२ विद्यार्थी घाइते

६ कार्तिक २०७६, बुधबार १८:३६

काठमाडौं , काठमाडौंको तारकेश्वर नगरपालिका ३ मा रहेको एक निजी स्कुलको बार्दली खस्दा ४२ विद्यार्थी घाइते भएका छन्।

महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी उत्तमराज सुवेदीका अनुसार तारकेश्वर नगरपालिका–३ जितपुर फेदीमा रहेको विद्याकुञ्ज इङलिस सेकेन्डरी बोर्डिङ स्कुलको बार्दली खसेको हो।

सुवेदीका अनुसार घाइते सबै विद्यार्थीको उद्धार भएको छ। घाइते विद्यार्थीको ग्रिनसिटी अस्पतालमा उपचार भइरहेको छ। सबै विद्यार्थीको अवस्था सामान्य रहेको उहाँको भनाइ छ।