रुपन्देहीमा कांग्रेसका एक नेता परस्त्री संग मोजमस्ती गरिरहेका बेला रंगेहात पक्राउ

१५ आश्विन २०७६, बुधबार ०७:४५

बुटवल, रुपन्देहीमा कांग्रेसका एक नेता अर्कैकी श्रीमती संग मोजमस्ती गरिरहेका बेला रंगेहात पक्राउ परेका छन् । बुटवल उपमहानगरपालिका वडा नं १२ बेलबासमा स्थानिय शान्ती शर्मा संग मादक पदार्थ सेवन गरिरहेको अवस्थामा कांग्रेस नेता पक्राउ परेका हुन ।

पक्राउ पर्नेमा नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं ५ का क्षेत्रिय कोषाध्यक्ष सैनामैना नगरपालिका वडा नं १० सालझण्डी निवासी हरी पोखरेल रहेका छन् ।

पोखरेल गत प्रदेश सभा निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट प्रदेश सभा सदस्यको उम्मेदवारमा दावेदारी प्रस्तुत गरेका थिए । यद्यपी उनलाई कांग्रेसले निर्वाचनमा टिकट भने दिएको थिएन । पक्राउ, परेकी महिला नेकपाकी कार्याकर्ता रहेको र केही महिना अघि उनलाई पार्टिले कार्वाही गरेको बुझिाएको छ ।

बुटवल उपमहानगरपालिका वडा नं १२ बेलबासमा रहेकोस्थानिय शान्ती शर्मा संग मादक पदार्थ सेवन गर्दै गरेको अवस्थामा उनका श्रीमानले रंगेहात फेला पारी प्रहरीलाई खवर गरेका थिए । “मैले खवर गरेको हु, प्रहरीलाई, प्रहरी आएर दुवैलाई अहिले प्रहरीले लगेको छ” उनका श्रीमान विनोद शर्माले भने ।

पोखरेल र श्रीमती शर्मा कोठामा मादक पदार्थ सेवन गर्दै अश्लिल चलचित्र हेर्दै गरेको अवस्थामा प्रहरी लिएर निज महिलाका श्रीमान् विनोद शर्मा कोठामा पुगेका थिए । प्रहरीले कोठाबाटै नियन्त्रणमा लिएको उनिहरुलाई विनोदले दिएको उजुरी पछि ईलाका प्रहरी कार्यालय बुटवलमा राखिएको छ । बुटवल अनलाइन डटकमबाट साभार