राष्ट्र बैंक बैंकरहरुलाई साइबर सुरक्षा बीमा गर्न निर्देशन दिने तयारीमा

१० कार्तिक २०७६, आईतवार ०९:२३

काठमाडौं , नेपाल राष्ट्र बैंकले बैंकहरुलाई साइबर सुरक्षा बीमा गर्न निर्देशन दिने तयारी गरेको छ । बैंकहरुले स्वतस्फूर्त रुपमा यस्तो बीमा नगरेपछि राष्ट्र बैंकले नै निर्देशन दिने प्रक्रिया अगाडि बढाएको हो ।

नेपालमा नै साइबर जोखिमसम्बन्धी बीमा सुविधा भएतापनि हालसम्म एउटा पनि बैंकले यस्तो बीमा गराएका छैनन् ।

नेपाल इन्स्योरेन्स कन्पनीले २०७५ साउनदेखि नै ‘साइबर रिक्स प्रोटेक्टर’ बीमालेख प्रचलनमा ल्याएको छ । तर, बीमासँग प्रत्यक्ष सम्बन्ध राख्ने बैंकहरुले अहिलेसम्म त्यस्तो बीमा गराएका छैनन् ।यो समाचार आजको आर्थिक अभियानमाछ ।