यसकारणले रोकियो कृष्णबहादुर महराको बयान

२२ आश्विन २०७६, बुधबार १६:००

काठमाण्डौ, रोशनी शाहीमाथि बलात्कार प्रयास गरेको आरोपमा पक्राउ पर्नु भएका निवर्तमान सभामुख कृष्णबहादुर महराको बयान दसैंभर नहुने भएको छ ।

महराको बयान दसैंपछि मात्र हुने महानगरीय प्रहरी परिसर काठमाण्डौका प्रमुख एसएसपी उत्तमराज सुवेदीले जानकारी दिनु भयो । सरकारी वकिलको कार्यालय दसैं बिदाका कारण बन्द हुने भएकाले बिदा सकिएपछि मात्र महराको बयान सुरु हुने सुवेदीले बताउनु भयो ।

काठमाण्डौको सरकारी वकिल कार्यालय आगामी २६ असोजमा खुल्छ । सुवेदीका अनुसार महराविरुद्ध जबरजस्ती करणी उद्योग र महिला हिंसा आरोपमा मुद्दा चल्छ । मुलुकी अपराध संहिताअनुसार उक्त आरोप प्रमाणित भए महरालाई तीन वर्ष ६ महिनादेखि ५ वर्षसम्म कैद हुन सक्छ ।