महाराविरुद्ध किटानी जाहेरी, अव के होला ?

१८ आश्विन २०७६, शनिबार १९:०५

काठमाडौं , प्रतिनिधि सभाका निवर्तमान सभामुख कृष्णबहादुर महराविरुद्ध किटानी जाहेरी दर्ता भएको छ। महारामाथि यौन दुर्व्यवहारको आरोप लगाउने रोशनी शाहीले शनिबार महानगरीय प्रहरी वृत नयाँ बानेश्वरमा किटानी दर्ता गराएकी हुन्।

प्रहरीका अनुसार शाहीले दिएको किटानी जाहेरीमा सभामुखले आफूलाई बलात्कारको प्रयास गरेको उल्लेख गरिएको छ। उजुरीपछि प्रहरीले विस्तृत अनुसन्धान थाल्ने बताइएको छ ।

गत आइतबार राति महराले रोशनीको कोठामै गएर यौन दुर्व्यवहार गरेको विषय सार्वजनिक भएपछि सोमबार दिउँसो महराले सभामुख पदबाट राजीनामा दिनु भएको थियो । तर महराको राजीनामा आएसँगै रोशनी शाहीले बयान फेरेकी थिइन्।