महरालाई बलात्कारको आरोप लगाउने रोशनी शाहीले गरिन् आफ्ना पतिसँग सम्बन्ध विच्छेद (पत्रसहित)

१६ आश्विन २०७६, बिहीबार १०:२९

काठमाडौं , कृष्ण बहादुर महरालाई बलात्कारको आरोप लगाउने रोशनी शाहीले आफ्ना पतिसँग सम्बन्ध विच्छेद गरेकी छिन् ।
उनले पति चित्रजंग शाहीसँग डिभोर्स गरेको भनी एउटा नेपाली कागजमा नोट सार्वजानिक भएको छ । नेपाली कागजमा लेखिएको एक नोटका अनुसार, खुशी साथ अलग बस्ने निर्णय गरेका छौँ पत्रमा भनिएको छ । उनीहरुले सम्बन्ध विच्छेदको पत्रमा हस्ताक्षेर गरेका छन् ।

यस्तो छ सम्बन्धविच्छेदको पत्रः

‘प्रीय जनहरु, थुप्रै उतार चढावका बीच वितेका हाम्रा साथसाथ २८ वर्ष दिनहरु विते । समयको गतिसँगै असहमति असन्तुष्टि आउँदा रहेछन् । तथापी खुशी साथ अलग बस्ने निर्णय गरेका छौँ । कानुनी प्रक्रिया निरन्तरताका साथ’ सम्बन्ध विच्छेद पत्रमा भनिएको छ ।