महरालाई थप ७ दिन थुनामा राख्न अनुमति

७ कार्तिक २०७६, बिहीबार १८:३६

काठमाडौं, निवर्तमान सभामुख कृष्णबहादुर महरालाई जिल्ला अदालत काठमाडौंले थप ७ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ।

पछिल्लो पटक थपिएको ५ दिनको समयमा पनि अनुसन्धान नसकिएपछि प्रहरीले म्याद थपका लागि अदालतमा निवेदन दिएको थियो। अदालतले बिहीबार थप ७ दिन म्याद थप गरेको हो। एक महिला कर्मचारीले बलात्कार प्रयासको आरोप लगाएपछि महरा प्रहरी अनुसन्धानमा हुनुहुन्छ ।