महरालाई अदालत लगियो

२८ आश्विन २०७६, मंगलवार १३:०३


फाइल तस्बिर।

काठमाडौं , निवर्तमान सभामुख कृष्णबहादुर महरालाई जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धानका लागि म्याद थप्‍न महरालाई अदालतमा उपस्थित गराएको हो। स्वास्थ्यमा समस्या देखिएपछि उनलाई नर्भिक अस्पतालमा भर्ना गरिएको छ। मंगलबार महरालाई अस्पतालबाटै अदालत लगिएको हो।

संसद सचिवालयका महिला कर्मचारीमाथि बलात्कारको प्रयास गरेको आरोपमा महरालाई असोज १९ गते सभामुख निवासबाटै प्रहरीले पक्राउ गरी महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखेको छ।