भीरबाट खसेर एक जनाको मृत्यु

३० आश्विन २०७६, बिहीबार १८:३६

अछाम , अछाममा भीरबाट खसेर एकजनाको मृत्यु भएको छ । घर नजिकैको जंगलमा दाउरा चिर्न जाने क्रममा बान्नीगढी जयगढ गाउँपालिका वडा नम्वर ६ दर्नाको भीरबाट खसेर मृत्यु भएको हो ।

दर्नाको तोल्यानका स्थानीय ५२ वर्षीया शाह बुधबार बयलडुगामा दाउरा काट्न भनेर घर बाट निस्केका थिए। साँझ अबेरसम्म पनि घर नआएपछि परिवारले खोजी गर्दा दाउरा काटेको स्थानदेखि करिब ५० मिटर तल उनको मृत अवस्थामा शव भेटिएको बताइएको छ । मृतक शाहका १ छोरी ३ छोरा रहेका छन्।