बिहे गरेर घर लैजाँदै गर्दा अचानक बेहुली बेपत्ता

२२ आश्विन २०७६, बुधबार १०:३३

काठमाण्डौं , जन्तीले बेहुली तामझामका साथ विवाह गरेर लैजाँदै थिए । रेलको यात्राबाट बेहुलीलाई लैजाँदै गर्दा अचानक उनी वेपत्ता भइन् । यो घटना भारत विहारको हो ।

अक्टूबर महिनाको शुरुमा बिहे गरेर बेहुली लिएर घर जाँदै गर्दा चलिरहेको ट्रेनबाटै बेहुली बेपत्ता भएकी हुन् ।

अक्टुबर महिनाको पहिलो शुक्रबार साँझ जन्तीसँगै बेहुला पनि गाडीमै निदाएका थिए तर शनिवार बिहान बिउँझिदा बेहुली ट्रेनमा नभएको पत्ता लागेपछि जन्ती पक्षले प्रहरीमा उजुरी दिएका छन् । तर बेहुली अझै भेटिन सकेकी छैनन् । र, उनी अझैं माइतीको सम्पर्कमा पनि आएकी छैनन् ।

बीचमा ट्रेन मध्य प्रदेशको खण्डवा जंक्शनमा रोकिएपछि उनीहरु त्यहाँ झरेर फर्केर मध्यप्रदेशकै इटारसी जंक्शनसम्म पुगे तर बेहुली कतै थिइनन्।उनीहरु पाटलीपुत्र लोकमान्य तिलक एक्सप्रेस सुपर फास्ट ट्रेनको एसी कोचमा मुम्बई जाँदै थिए ।

बाटोमा बेहुली हराएको थाहा पाएपछि उनीहरुले खण्डवा जंक्सनमा रेलवे प्रहरीमा उजुरी दिएका थिए । उनीहरुले दुवै स्टेशनको सिसिटिभी फुटेजमा पनि कुनै सुराग नभेटिएको बताएका छन् ।

ट्रेनमा यात्रा गरिहेका अन्य यात्रुलाई सोध्दा एक यात्रीले इटारसी जंक्शनमा बेहुली ट्रेनबाट झरेको देखेको बताएपछि उनीहरु खोज्दै इटारसी पुगेका थिए। एजेन्सी