प्रहरी महानिरीक्षक खनाल स्वदेश फिर्ता

९ कार्तिक २०७६, शनिबार ११:४०

काठमाडौं , प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल स्वदेश फिर्ता हुनु भएको छ । चिलिको सान्टियागोमा गत असोज २८ देखि यही कात्तिक १ गतेसम्म सञ्चालन भएको अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल)को ८८ औँ महासभामा भाग लिएर शुक्रबार राति स्वदेश फर्किनु भएको हो ।
एनसिवी नेपालका प्रमुखसमेत रहनुभएका महानिरीक्षक खनाल इन्टरपोलको महासभामा भाग लिन गत असोज २६ गते राति चिलि प्रस्थान गर्नु भएको थियो ।

महासभामा भाग लिन उहाँसँगै प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख प्रहरी नायब महानिरीक्षक नीरजबहादुर शाही र प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीसमेत चिली जानु भएको थियो ।