प्रधानमन्‍त्री ओली ग्राण्डीमा, नियमित स्वास्थ्य परीक्षण हुँदै

१३ कार्तिक २०७६, बुधबार १४:२६

काठमाडौं , प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या आएपछि उहाँलाई अस्पताल पुर्‍याइएको छ। बुधबार बिहान प्रधानमन्त्रीलाई ग्राण्डी अस्पतालमा पुर्‍याइएको हो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले प्रधानमन्‍त्रीको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिनु भयो ।