प्रधानमन्त्री ओलीको आजै डिस्चार्ज हुन्छः ग्राण्डी अस्पताल

१४ कार्तिक २०७६, बिहीबार १७:५४

काठमाडौँ , प्रधानमन्त्री केपी शर्मा ओलीलाई आजै डिस्चार्ज गरिने गाण्डी अस्पतालले जनाएको छ । धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले उहाँको स्वास्थ्यस्थिति सामान्य रहेको जानकारी दिएको छ ।

अस्पतालका मेडिकल डाइरेक्टर चक्रराज पाण्डेले बिहीबार पत्रकार सम्मेलन गरी प्रधानमन्त्रीको उपचारको क्रममा हेमोडायलाइसिस गरिएको जानकारी दिँदै अहिले स्वास्थ्य अवस्था सामान्य रहेकाले डिस्चार्ज गर्ने निर्णय गरिएको जानकारी दिनु भयो ।

प्रधानमन्त्री ओलीलाई स्वास्थ्यमा समस्या देखिएपछि बुधबार बिहान १० बजे ग्राण्डी अस्पताल लगिएको थियो ।