परस्त्रीसँग आपत्तिजनक अवस्थामा मालपोत प्रमुख पक्राउ

२३ आश्विन २०७६, बिहीबार १२:५३

कञ्चनपुर , मालपोत कार्यालयका प्रमुख बेलौरीस्थित एक विवाहित महिलाको घरबाट पक्राउ परेका छन् । परस्त्रीसँग आपत्तिजनक अवस्थामा मालपोत कार्यालयका प्रमुख भोजबहादुर ऐडी पक्राउ परेका हुन्। प्रमुख ऐडीलाई एक ३४ वर्षीया महिलासँग आपत्तिजनक अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ।

प्रहरीले प्रमुख ऐडीलाई स्थानीयको सूचनाका आधारमा पक्राउ गरेको हो । त्यस्तै मालपोत प्रमुख ऐडीसहित उनलाई घरमा बोलाउने महिला पनि पक्राउ परेकी छन् । ईलाका प्रहरी कार्यालय प्रमुख प्रहरी निरीक्षक रण बहादुर चन्दले महिलाका परिवारले दिएको उजुरीका आधारमा कार्यालय प्रमुख ऐडी र महिलालाई आपत्तिजनक अवस्थामा पक्राउ गरिएको बताउनु भयो । प्रमुख ऐडी र महिला बुधबार राति आपत्तिजनक अवस्थामा पक्राउ परेका हुन् ।

दुवै जनालाई हिरासतमा राखेर सोधपुछ गर्ने काम भइरहेको बताउँदै प्रहरी नीरिक्षक चन्दले उनीहरुका परिवारलाई पनि बोलाइएको जानकारी दिनु भयो । डडेल्धुरा स्थायी घर भएका मालपोत कार्यालय प्रमुख दशैँ विदामा घर गएका थिएनन्। उनका श्रीमती र एक छोरी छन् भने महिलाका दुई छोरा रहेको बताइएको छ।

प्रहरीले मालपोत प्रमुख ऐडी र महिलाका परिवारलाई बोलाएर छलफल गरेपछि आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउने जनाएको छ ।