पन्तले हिजो आजका कुरा’ को नाममा चलचित्र बनाउने

४ कार्तिक २०७६, सोमबार १५:३१

काठमाडौं , हास्यकलाकार सन्तोष पन्तले चर्चित हास्य टेलिसिरियल ‘हिजो आजका कुरा’ को नाममा चलचित्र बनाउने भएका छन् ।
पुराना हास्यकलाकार पन्तले आफ्नो पुरानो चर्चित हास्यशृंखला ‘हिजो आजका कुरा’ को नामबाट चलचित्र निर्माण गर्ने घोषणा गरेका हुन् ।
पन्तका छोरा साकारले निर्देशन गर्ने यस चलचित्रमा काठमाडौंका चार परिवारको कथालाई समेटिएको निर्माण पक्षले जनाएको छ ।

बाबुछोरा सन्तोष र साकारको कथालाई सन्दीप किस्नाले पटकथामा ढालेका छन् । चलचित्रका गीत हर्कुलस बस्नेतको संगीत तथा रवि सायमीको छायांकन रहनेछ ।

चलचित्रमा सन्तोष र रमा थपलियाको मुख्य भूमिका रहनेछन् । त्यस्तै, अभिनेत्री केकी अधिकारी, ऋचा शर्मा, रिमा विश्वकर्मा, जेविका कार्की, रमेश अधिकारी, सविन शाक्य, विनायक कुइँकेल, अनुष्का घिमिरे लगायतका कलाकारको समेत अभिनय रहने निर्माण पक्षले जनाएको छ ।