दाङमा करेन्ट लागेर एकजनाको मृत्यु

२८ असार २०७७, आईतवार १२:१४

दाङ , दाङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। तुलसीपुर उपमहानगरको–९ बेलुवा स्थित दाजुभाई चोक नजिक एक युवकको करेन्ट लागेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ। सोहि ठाउँका अर्जुन खड्काको घरमा पानी तान्ने मोटर जोड्ने क्रममा करेन्ट लागेर सल्यान कपुरकोट गाउँपालिका ५ रिम का २६ वर्षीय कमल खत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ। आइतबार बिहान सवा ५ बजेतिर करेन्ट लागेर गम्भीर घाइते भएका खत्रीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ। खड्काको घरमा उनले नै वायरिङ गरेको खुलेको प्रहरीले बताएको छ।