तिहार मनाउन उपराष्ट्रपति पुन पुग्नु भयो पुर्ख्यौली घर

९ कार्तिक २०७६, शनिबार १२:०२

रोल्पा , उपराष्ट्रपति नन्दबहादुर पुन आफ्नो पुख्यौली घर पुग्नु भएको छ । परिवर्तन गाउँपालिका–२ रांसीको डाँडागाउँमा जन्मघर भएका उहाँ तिहार मनाउन पुर्ख्यौली घर पुग्नु भएको हो ।

उपराष्ट्रपति पुनले तिहारमा दिदीबहिनीको हातबाट टीका ग्रहण गर्ने कार्यक्रम छ ।उहाँ गाउँपालिका स्तरमा हुने विभिन्न कार्यक्रममा सरिक हुने कार्यतालिका तय भएको वडाध्यक्ष हरिप्रसाद बुढाले जानकारी दिनु भयो ।

स्थानीय सरकार गठनपछि पहिलोपटक गृह गाउँपालिका पुग्नु भएका उपराष्ट्रपतिलाई स्थानीयले झाँकी तथा बाजागाजासहित भव्य स्वागत गरेका थिए ।