डिएनए परीक्षणका लागि रगतको नमुना दिन महरालाई आदेश

८ कार्तिक २०७६, शुक्रबार ०८:१२

काठमाडौं , महिलामाथि यौन दुव्र्यवहारको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई डिएनए परीक्षणका लागि रगत दिन काठमाडौँ जिल्ला अदालतले आदेश गरेको छ ।

जिल्ला न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले बिहीबारदेखि लागू हुनेगरी ७ दिन अनुसन्धानको समय थप्दै परीक्षणका लागि रगत दिन आदेश दिएको हो ।

प्रहरी अनुसन्धान अधिकृतको डिएनए परीक्षण नगरी आरोपबारे अनुसन्धान गर्न नसकिने भन्दै आदेशको माग गरेका थिए । यो समाचार आजको नागरिक दैनिकमा छ ।