जुवा खेल्दै गरेका बाह्र जना पक्राउ

१० कार्तिक २०७६, आईतवार ११:४३

दाङ , दाङमा जुवा खेल्दै गरेका बाह्र जना पक्राउ परेका छन् ।घोराही उपमहानगरपालिका ८, बेलुवाका सन्तोष कोरीको घरमा जुवा खेलिरहेको अवस्थामा बाह्र जनालाई शनिबार राति पक्राउ गरिएको दाङ प्रहरीले जनाएको छ । प्रक्राउ परेकाको साथबाट ३५ हजार, ६ सय ३० रुपैयाँ नगद बरामद गरिएको बताइएको छ ।