जग्गा नामसारी भन्दै सेवाग्राहीसँग घुस रकम लिने दुईजना खरिदार अख्तियारको फन्दामा

२९ आश्विन २०७६, बुधबार २०:११

बुटवल, कपिलवस्तुबाट अख्तियारको टोलीले जग्गा नामसारी भन्दै सेवाग्राहीसँग घुस रकम लिने दुईजना खरिदारलाई नियन्त्रणमा लिएको छ ।

भूमि सुधार तथा मालपोत कार्यालयमा कार्यरत खरिदार सूर्यप्रसाद मिश्र र खरिदार दुर्गाप्रसाद चौधरीलाई आज दिउँसो अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलबाट खटिएको टोलीले कार्यालय परिसारबाट ६ हजार नगद सहित रंगेहात नियन्त्रणमा लिएको हो ।

अख्तियार बुटवलका प्रवक्ता शुरेस भुसालका अनुसार दुवै जनालाई बुटवल कार्यालयमा ल्याएर बयान लिन शुरु गरिएको छ । उनीहरुले सेवाग्राहीसँग मोही जग्गा नामसारी गरिदिने भन्दै रकम माग गरेका थिए ।