खुकुरी प्रहारबाट एक युवा गम्भीर घाइते

२७ आश्विन २०७६, सोमबार ११:३४

दाङ , दाङको शान्तिनगर गाउँपालिका वडा नं ५ पहाडीपुरमा खुकुरी प्रहार हुँदा एक युवा गम्भीर घाइते भएका छन् ।

गएराति दुई युवाबीच बिवाद हुदा खुकुरी प्रहार भएको हो ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार खुकुरी प्रहारबाट शान्तिनगर गाउँपालिका वडा नं ५ पहाडीपुर निवासी ३० बर्षीय प्रकाश थापा घाइते भएका छन् ।

सामान्य विवाद हुुदा स्थानीय २२ बर्षीय निम बहादुर वलीले उनीमाथि खुकुरी प्रहार गरेको प्रहरीको भनाइ छ । थापाको टाउको र बाँया कानमा गम्भीर चोट लागेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घाइते भएका थापालाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पश्चात थप पचारका लागि कोहलपुर रेफर गरिएको बताइएको छ । खुकुरी प्रहार गर्ने वलीलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।