खारेजीमा परेका म्यानपावर कम्पनी ठगी धन्दामा

७ कार्तिक २०७६, बिहीबार ०९:५७

काठमाडौं, मर्ज भएका म्यानपावर कम्पनीलाई वैदेशिक रोजगारीका नाममा रकम लिन र प्रक्रिया नगर्न सरकारले अनुरोध गरिरहेका बेला खारेजीमा परेका म्यानपावर कम्पनीले युवासँग पासपोर्ट र लाखौं नगद लिएको पाइएको छ ।

पछिल्लो समय धरौटी थप गर्न नसकी खारेजीमा परेका कतिपय म्यानपावरले वैदेशिक रोजगारीमा पठाउने भनी युवालाई झुक्याई राहदानी र रकम लिने गरेका छन् ।

विगतमा वैदेशिक रोजगार व्यवसाय गर्न अनुमति लिएका तर वैदेशिक रोजगार ऐनको संशोधित व्यवस्थाबमोजिम धरौटी रकम थप गर्न नसकी खारेजीमा परेका संस्थालाई वैदेशिक रोजगार विभागले असोज २९ गते सूचना प्रकाशित गरी कारोबार नगर्न निर्देशन दिएको थियो । यो समाचार आजको कारोबार दैनिकमा छ ।