कानुनभन्दा माथि कोही पनि छैनः कोइराला

२७ आश्विन २०७६, सोमबार १७:४९

काठमाडौं , नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले कानुन भन्दा माथि कोही पनि नभएको बताउनु भएको छ । रौतहट क्षेत्र नम्बर २ बाट निर्वाचित कांग्रेसका सांसद मोहम्मद अफ्ताब आलम बम काण्डमा पक्राउ परेको विषयमा सञ्चारकर्मीले राखेको जिज्ञासामा महामन्त्री कोइरालाले यस्तो प्रतिक्रिया दिनु भएको हो ।

कानुनभन्दा माथि देशमा कोही पनि नभएको भन्दै उहाँले अहिले आलममाथिको अभियोग अनुसन्धानकै क्रममा रहेको बताउनु भयो । कोइरालाले निष्पक्ष रुपमा अनुसन्धान हुनुपर्ने बताउदै दोषी भए कारबाही हुनुपर्ने स्पष्ट पार्नु भयो । “सबैभन्दा पहिले घटनाको विषयमा सत्यतथ्य के हो छानविन हुनुपर्यो । यदि दोषी नै हो भने कानुनअनुसार कारवाहि हुनुपर्दछ ।”

आलममाथि ०६४ सालमा बम बनाउन लगाउँदा विष्फोट भइ भारतीय नागरिकको मृत्यु भएको र केही घाइतेलाई इँट्टाभट्टामा हाली हत्या गरेको आरोप छ ।