एनआरएनएको नयाँ नेतृत्व चयनका लागि १० बजेपछि फेरि मतदान सुरु हुने

३० आश्विन २०७६, बिहीबार ०८:५७

काठमाण्डौ , गैरआवासीय नेपाली संघ एनआरएनएको नयाँ नेतृत्व चयनका लागि बिहीबार फेरि मतदान हुने भएको छ । भोटिङ मेसिनमा समस्या आएपछि बिहीबार बिहान १० बजेसम्मका लागि स्थगित गरिएको र १० बजेपछि फेरि मतदान सुरु हुने निर्वाचन समितिले जनाएको छ ।

संघको नयाँ अध्यक्षमा कुमार पन्त र कुल आचार्यबीच प्रतिस्पर्धा हुँदैछ ।

अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष, सह–कोषाध्यक्ष, महिला संयोजक, युवा संयोजक, क्षेत्रीय संयोजक तथा उप–संयोजक, महिला र युवा उपसंयोजक गरी २५ जना नयाँ सदस्यका लागि ७५ जना उम्मेद्वार छन् ।

सम्मेलनमा २८ सय प्रतिनिधि सहभागि भए पनि मतदाता सूचीमा २४ सय मात्र रहेकाले सूचीमा समेटिएकाले मात्र मतदान गर्ने निर्वाचन समितिले जनाएको छ ।